दुर्गा प्रसाईंलाई ल्याइयो काठमाडौं

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । झापाको भद्रपुर विमानस्थलबाट दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । बिहीबार भारतीय प्रहरीले भारतको आसामबाट नियन्त्रणमा लिएर आज नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो । शुक्रबार दिउँसो बुद्ध एयरको जहाजमार्फत काठमाडौं ल्याइएको हो ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि राजावादी आन्दोलनका कमाण्डर प्रसाईं भारततिर भागेका थिए । उनलाई काँकडभिट्टा नाका हुँदै शुक्रबार बिहान झापा ल्याइएको हाे । केहीबेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखियो । त्यसपछि भद्रपुर विमानस्थलबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

राजसंस्था पुनर्स्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा चैत १५ गते गरेको प्रदर्शन हिंसात्मक बन्दा १ जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, २९ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.