महिलाले लगाएकाे जुत्ता र घडी । विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा गत सोमबार अर्धनग्न अवस्थामा मृत फेला परेको ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकीकाे हत्यामा परिवार सदस्य संलग्न रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।
सोमबार दिउँसो मृत भेटिएकी महिलाकाे पहिचान बिहीबार खुलेकाे थियाे । मृतक महिला धनकुटाको महालक्ष्मी नगरपालिका–२ स्थायी ठेगाना भएकी ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी परिवारकै संलग्नता रहेको निष्कर्षमा पुगेको हो ।
घटना अनुसन्धानका लागि प्रहरीले देवर देउरानीसहित चार जना आफन्तलाई नियन्त्रणमा लिएको छ । थप व्यक्तीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
धनुकटाको महालक्ष्मी–१ माइती भएकी चुनकुमारी विगत २ वर्षदेखि सुनसरी इटहरीको हलगडामा १३ वर्षीय छोरासँग डेरामा बस्दै आएकी थिइन् । उनका श्रीमान प्रेमबहादुर बैदेशिक रोजगारीका लागि कोरियामा छन् ।
प्रहरीका अनुसार श्रीमान प्रेमसँग चुनकुमारीको सम्बन्ध राम्रो थिएन् । चुनकुमारीको हत्यामा श्रीमानसँगको खटपट पनि कारण देखिएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले घटनाकाे अनुसन्धान भइरहेकाे बताए । घटनाकाे विषयमा साेधपुछका लागि केहीलाई ल्याइएकाे उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)