कोशी पर्यटन वर्ष : भारतीय पर्यटकलाई नाकामै सुरक्षा जाँच कार्ड

Satya Sanchar सत्य सञ्चार

विराटनगर । काेशी प्रदेश सरकारले भारतीय पर्यटकको सहजताका लागि सवारी साधनलाई नाकामै सुरक्षा जाँच कार्ड बाड्ने भएकाे छ ।

२०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको सरकारले पर्यटकका सवारीलाई सीमा नाकाबाहेक बाहिर सुरक्षा जाँच नगर्ने गरी नाकामा सुरक्षा जाँच र रुट परमिट कार्ड आजबाट वितरण गर्ने भएकाे हाे ।

भारतीय पर्यटकले नेपालमा धेरै स्थानमा सुरक्षा जाँचका नाममा दुःख दिने गरेको गुनासो गरेका थिए । पर्यटन वर्ष मनाउने घोषणा गरेको सरकारले पर्यटक भित्र्याउनका लागि रुट परमिट र सुरक्षा जाँचकाे कार्ड बाड्ने योजना ल्याएकाे हाे ।

नेपाल प्रवेश गर्ने नाकामा स्टिकर टास गरेपछि पर्यटक बस र भारतीय सवारीलाई अन्य स्थानमा सुरक्षा जाँचका लागि रोकिने छैन । यसरी बाँडिने कार्डमा ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२, विदेशी सवारीसाधनको अस्थायी रुट इजाजत पत्र तथा सुरक्षा जाँच कार्ड’ लेखिएको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमल थापाका अनुसार भारतीय पर्यटकको सहजताका लागि विराटनगरको रानी, झापाको काँकडभिट्टा, इलामको पशुपति नगर र सुनसरीको कोशी पुलमा छुट्टै युनिट राखेर सुरक्षा जाँचपछि सुरक्षा जाँच र परमिटकाे कार्ड वितरण गरिने छ । कार्डमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कोशी प्रदेश प्रहरी कार्यालयको सम्पर्क नम्बर राखिएको छ ।

कार्डमा गाडी नम्बर, नेपाल प्रवेशको समय, पुग्ने गन्तव्य, सवारी चालकको नाम, गाडीमा सवार यात्रु संख्या, प्रवेश नाका, बाहिरिने नाका र नेपालमा बस्ने समयावधि उल्लेख गरिएको छ । नाकामा १ पटक विवरण उल्लेख गरेको सवारीलाई प्रदेशका अन्य क्षेत्रमा चेकजाँच नहुने उनले बताए । चैत २७ गतेबाट सुरु कोशीको पर्यटन वर्षमा १० लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य छ ।

प्रकाशित मिति: शुक्रबार, २९ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.