नेकपा एकीकृत समाजवादी कोशी प्रदेश अध्यक्षमा खड्का सर्वसम्मत

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेश अध्यक्षमा सरिता थापा खड्का सर्वसम्मत चयन भएकी छन् । सुनसरीकाे इटहरीमा भएको पहिलाे प्रदेश अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष चयन भएकी हुन् ।

धर्म निरौला, महेश रेग्मी, केशव विष्ट र विनोद खड्काले पनि दाबेदारी पेस गरेका थिए । बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरूले बिहीबार खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन् ।

कोशी प्रदेशकी पूर्वसांसद खड्का एमालेका स्वर्गीय नेता डम्बर खड्काकी श्रीमती हुन् । नेकपा एमाले विभाजन हुँदा उनले नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी थिइन् ।

प्रदेश कमिटी सचिवमा खोटाङका जलेश्वर राई चयन भएका छन् । उपसचिवमा भवानी शंकर चयन भएको प्रदेश अधिवेशन स्थलमा रहेका केन्द्रीय सदस्य ओसिम आलमले जानकारी दिए ।

प्रदेश कमिटी उपाध्यक्ष र महिला उपसचिव चयन गर्न बाँकी छ । रिक्त रहेको पदाधिकारीसहित सदस्य प्रदेश कमिटीको बैठकले मनोनीत गर्नेछ । प्रदेश कमिटी १९१ सदस्यीय हुनेछ ।

प्रकाशित मिति: बिहिबार, २८ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.