महिलाले लगाएकाे जुत्ता र घडी । विराटनगर । सुनसरीको धरानको जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ ।
मृत फेला परेकी महिला धनकुटाको महालक्ष्मी नगरपालिका–१ माइती भएर हाल सुनसरीको इटहरी उपमहानगरपालिका–२, हलगडामा बसोबास गर्दै आएकी ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार सुनकुमारीका भाइ लीलबहादुर दाहालले शवको सनाखत गरिदिएका हुन् ।
धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार दिउँसो महिलाको शव फेला परेको थियो । गोठालो गएकाहरुले वनभित्र लसुनेको रुखमुनि शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको प्रकृति हेर्दा घाँटी कसेर हत्या गरेपछि लसुनेको रुखमुनि अडेसा लगाएर शव छाडेजस्तो देखिने प्रहरीले बताएकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)