काठमाडौं । नेपालले हङकङमा जारी टी– २० आई शृखलामा कुवेतमाथि ६ विकेटको कीर्तिमानी जित हात पारेको छ । कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा नेपालले कीर्तिमानी जित हात पारेको हो ।
हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले नेपालले ७ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । यो नेपालले टी– २०आईमा लक्ष्य पूरा गर्दा बनाएको उच्च योगफल हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ तथा आसिफ शेखले ५३ रन बनाए । पहिलो विकेटका लागि ओपनरले १२७ रनको साझेदारी गरेका थिए ।
यो साझेदारी पनि नेपालको टी– २०आईमा सर्वाधिक रनको ओपनिङ साझेदारी हो । यसअघि सन् २०२१ मा नेदरल्याण्ड्ससँग नेपालले ११६ रनको ओपनिङ साझेदारी गरेको थियो । भुर्तेलले ५० बल खेल्दै ८१ रन बनाए । आसिफले ५३ रन बनाए ।
दिपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रन बनाएका थिए । कुवेतका यासिन पटेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए । मोहम्मद सफीक र मोहम्मद असलमले १–१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनाएको थियो ।
कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भावसरले ३५ तथा बिलाल ताहिरले ३२ रन बनाए । रविजा सन्दरुवानले २६ रन बनाए । नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिँदा नन्दन यादवले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट हात पारे ।
लगातार दोस्रो जित निकालेको नेपालले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । नेपालले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा घरेलु टोली हङकङसँग शनिबार खेल्नेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,442)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)