कुवेतमाथि नेपालको कीर्तिमानी जित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपालले हङकङमा जारी टी– २० आई शृखलामा कुवेतमाथि ६ विकेटको कीर्तिमानी जित हात पारेको छ । कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा नेपालले कीर्तिमानी जित हात पारेको हो ।

हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले नेपालले ७ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । यो नेपालले टी– २०आईमा लक्ष्य पूरा गर्दा बनाएको उच्च योगफल हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ तथा आसिफ शेखले ५३ रन बनाए । पहिलो विकेटका लागि ओपनरले १२७ रनको साझेदारी गरेका थिए ।

यो साझेदारी पनि नेपालको टी– २०आईमा सर्वाधिक रनको ओपनिङ साझेदारी हो । यसअघि सन् २०२१ मा नेदरल्याण्ड्ससँग नेपालले ११६ रनको ओपनिङ साझेदारी गरेको थियो । भुर्तेलले ५० बल खेल्दै ८१ रन बनाए । आसिफले ५३ रन बनाए ।

दिपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रन बनाएका थिए । कुवेतका यासिन पटेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए । मोहम्मद सफीक र मोहम्मद असलमले १–१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भावसरले ३५ तथा बिलाल ताहिरले ३२ रन बनाए । रविजा सन्दरुवानले २६ रन बनाए । नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिँदा नन्दन यादवले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट हात पारे ।

लगातार दोस्रो जित निकालेको नेपालले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । नेपालले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा घरेलु टोली हङकङसँग शनिबार खेल्नेछ ।

प्रकाशित मिति: बिहिबार, २८ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.