कोशी पर्यटन वर्ष २०८२ सुरु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशको पर्यटन वर्ष २०८२ सुरु भएको छ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रबाट कोशी पर्यटन वर्ष २०८२ उद्घाटन गरेका हुन् ।

पर्यटन वर्षको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुर्याउने बताए । कोशी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको र यसका लागि भारतबाट पर्यटक भित्र्याउन सकिने उनले बताए ।

पर्यटनको माध्यमबाट देशमा बढ्दै गएको आर्थिक शिथिलतालाई कम गर्न सकिने मन्त्री सिंहको भनाइ छ । मुलुक संघीयतामा गएपछि आम रुपमा जीवनस्तर वृद्धि भएको उनले बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्वपूर्ण भएको बताए । पर्यटकीय क्षेत्रहरूलाई विकास गरेर पर्यटनमार्फत राष्ट्रिय पूँजी निर्माण गर्ने उनले बताए । कोशी पर्यटनको विकास गर्दै प्रदेशलाई नमुना प्रदेशको रुपमा अघि बढाउने मुख्यमन्त्री कार्कीले बताए । पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापारघाटा काम गर्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले ऊर्जा, जलविद्युत पर्यटन, जडिबुटीका क्षेत्रमा काम गर्ने बताए ।

प्रकाशित मिति: बुधबार, २७ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.