विराटनगर । कोशी प्रदेशले मनाउन लागेकाे पर्यटन वर्ष २०८२ को उद्घाटन उपप्रधानमन्त्री प्रकाशमान सिंहले गर्ने भएका छन् ।
पर्यटकीय क्षेत्र तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी थियो । कोशी प्रदेश सरकारले पनि ओलीले नै उद्घाटन गर्ने भन्दै प्रचारप्रसार गरेको थियो । तर ओली नआउने भएका छन् । उनले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई पठाएका हुन् ।
तेह्रथुमका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार उपप्रधानमन्त्री सिंहले आजको कार्यक्रम उद्घाटन गर्ने तयारी छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आउने बचन दिएपछि उनकै नाम राखेर निमन्त्रण पत्र छापिएको थियो । प्रचारप्रसार पनि प्रधानमन्त्री कै नाम जोडेर गरिएको थियो । तर अन्तिम समयमा ओली आएनन् । याे वर्ष तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फुलेकाे छैन । ओली आउने भएपछि गुराँस फुलाउने भन्दै स्थानीय सरकारले दमकल प्रयाेग गरेर गुराँसकाे बाटेमा पानी समेत हालेकाे थियाे ।
आउँछु भन्दै कोशी प्रदेशमा तय भएको कार्यक्रममा नआएको ओली पहिलो पटक भने होइन् । यसअघि नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन र प्रेस चौतारी नेपालको महाधिवेशनमा ओली आउने भन्दै प्रचारप्रसार भएको थियो । तर ती कार्यक्रममा पनि ओली आएनन् ।
फागुन १६ गतेको एमालेकाे जिल्ला अधिवेशनकाे उद्घाटनमा ओलीले रामबहादुर थापा बादललाई पठाएका थिए । चैत १० गते प्रेस चौतारी महाधिवेशनको उद्घाटनमा महासचिव शंकर पोखरेललाई पठाएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)