ग्रामथान अध्यक्षलाई उपाध्यक्षले सुभ यात्रा भनिनन्, कार्यवहाककाे जिम्मेवारी वडाध्यक्षलाई

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले आफ्नो अनुपस्थितिमा कामकाज गर्नेगरी वडाध्यक्षलाई कार्यवहाक अध्यक्षकाे जिम्मेवारी दिएका छन् ।

मंगलबारबाट ९ दिनका लागि चीन भ्रमणमा जाने भएपछि सोमबार माझीले वडा नम्बर ३ का वडाध्यक्ष रमेशकुमार भगतलाई कार्यवहाक जिम्मेवारी दिएका हुन् ।

चीन जाने भएपछि आफूलाई सुभ यात्रा पनि नभनेको भन्दै उनले उपाध्यक्षलाई छाडेर वडाध्यक्षलाई जिम्मेवारी दिएका हुन् । यसअघि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफूलाई शुभ यात्रा पनि नभनेकाे भन्दै उपमेयरलाई छाडेर वडाध्यक्षलाई कार्यवहाक जिम्मेवारी दिएका थिए ।

गत मंसिरमा भएकाे उपनिर्वाचनमा माझी माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए । माझीले कार्यवहाक दिएका भगत पनि माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् ।

चीन जानका लागि सोमबार कार्यालयबाट विदा भएका पालिका अध्यक्षलाई उपाध्यक्ष गुणवतीदेवी थारुले सुभ यात्रा पनि नभएको भगतले बताए । ‘उहाँले बधाई पनि दिनुभएन, शुभकामना पनि दिनुभएन,’ उनले भने,‘आज बैठक (विदाइ) थियो आउनुभएन ।’

पालिका उपाध्यक्ष गुणवतीदेवी थारुले अध्यक्षको विदाइका बारेमा आफूलाई खबर नआएको बताइन् । कार्यालयबाट दिउँसाे काम विशेषले विराटनगर आएको बताउँदै उनले भनिन् ,‘उहाँ जाँदै हुनुहुन्छ भन्ने मलाई के थाहा ? मलाई खबर नै थिएन ।’

पालिका अध्यक्ष माझी नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माको नेतृत्वमा मंगलबारदेखि ९ दिने चीन भ्रमणमा जाँदैछन् ।

कानुनत अध्यक्षले आफ्नाे अनुपस्थितिमा उपाध्यक्षलाई कार्यवहाक जिम्मेवारी दिनुपर्छ तर वडाध्यक्षलाई जिम्मेवारी दिएपछि उपाध्यक्ष थारुले अदालत जाने बताइन् ।

प्रकाशित मिति: सोमबार, २५ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.