धरानकाे जंगलमा अर्धनग्न अवस्थामा महिलाको शव, हत्याको आशंका

Satya Sanchar सत्य सञ्चार
महिलाले लगाएकाे जुत्ता र घडी ।

विराटनगर । सुनसरीको धरानको जंगल क्षेत्रमा अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको छ । सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा महिलाको शव फेला परेको हो ।

गोठालो गएकाहरुले जंगल भित्रको लसुनेको रुख मुनी अडेसा लागेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको हत्या गरि शव जंगलमा छाडेको जस्तो देखिएको प्रहरीले बताएको छ । ३०– ३५ वर्षको जस्तो देखिने महिलाको घाटीमा चोट छ । कम्मर मुनीको कपडा खोलिएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले शव भेटिएपछि अनुसन्धान सुरु गरेको बताए । शवको पहिचानको प्रयास भइरहेको बताउँदै उनले घटनास्थलबाट शवलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको बताए ।

शव भेटिएपछि घटनास्थलमा प्रहरीको फरेन्सिक विज्ञसहितको प्राविधिक टोलीले कुकुर पनि प्रयोग गरेको थियो । घटना शंकास्पद भएकाले सुक्ष्म रुपमा अनुसन्धान भइरहेको तिम्सिनाले बताए ।

प्रकाशित मिति: सोमबार, २५ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.