काठमाडौं । राजधानी काठमाडौंको वायु निकै अस्वस्थकर स्तरमा पुगेको छ । प्रदूषित अस्वस्थकर हावायुक्त देशहरुको सूचीमा काठमाडाैं विश्वकै दोस्रो स्थानमा छ । पहिलो स्थानमा भारत र तेस्रोमा पाकिस्तान छन् ।
विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६ बजे नेपालको राजधानी काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २११ छ । भारत नयाँदिल्लीको २७७ र पाकिस्तान लाहोरको २०८ छ ।
मंगलबार र शुक्रबार भने विश्वकै प्रदूषित शहरहरुको सूचीमा काठमाडौं पहिलो नम्बरमा थियो ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ । काठमाडौंको वायुको गुणवत्ता निकै अस्वस्थ रहेको भनेर प्याजी रंगले संकेत गरिएको छ ।
काठमाडौंभित्र पनि शंखपार्क क्षेत्रको हावा सबैभन्दा बढी अस्वस्थ छ । वातावरण विभागका अनुसार शंखपार्कको वायु गुणस्तर सूचकांक एक्यूआई २८४ पुगेको छ ।
नेपालको विभिन्न क्षेत्रहरुमा लागेको वन डढेलोको कारणले काठमाडौं उपत्यका लगायत देशको विभिन्न स्थानमा वायू प्रदूषण बढेको हो । उद्योग कलकारखाना, सवारी साधनबाट निस्किने धुँवा, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्किने धुँवा, सडक निर्माण कार्यबाट उड्ने धुलो पनि वायु प्रदूषण बढाएको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)