विराटनगर । मोरङको केराबारीबाट प्रहरीले ३ नाल भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ । आइतबार साँझ वन्यजन्तुको चोरीसिकारीमा संलग्न समूहका २ जनालाई पक्राउ गरेको हो ।
केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा केराबारी–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की छन् ।
केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू फरार छन् । पक्राउ परेकाको साथबाट ३ नाल भरुवा बन्दुक बरामद भएको जानकारी डीएसपी जोशीले दिए ।
पक्राउ परेकाहरुलाई हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)