उच्च अदालतको आदेश लगतै रवि लामिछाने पक्राउ

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार उच्च अदालतको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगतै प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाडेको थियो ।

शुक्रबार न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश दिएको थियो ।

कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतबाट सहकारीको बचत अपचलन मुद्दामा धरौटीमा छुटेका लामिछाने गत चैत १७ गते मात्रै पार्टीको जिम्मेवारीमा फर्किएका थिए । भोलि शनिबार चितवनमा सभा गर्ने उनको तयारी थियो । तर आज उनी घरबाटै पक्राउ परेका हुन् ।

पक्राउ पर्नुअघि लामिछानेले चितवनको सभा नरोक्न आग्रह गरेका छन् । ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु । साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ न्यायका लागि दुनियाँका सबै ढोका ढकढ्काउछु । म माथि ठुलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस् ।’

प्रकाशित मिति: शुक्रबार, २२ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.