रास्वपा सभापति लामिछानेलाई थुनामा पठाउने आदेश

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ ।

शुक्रबार न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेको हो ।

लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाड्ने आदेश दिएको थियो ।

कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतबाट सहकारीको बचत अपचलन मुद्दामा धरौटीमा छुटेका लामिछाने गत चैत १७ गते मात्रै पार्टीको जिम्मेवारीमा फर्किएका थिए । शुक्रबार भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेसँगै छविलाल जोशीलाई पनि अदालतले थुनामा पठाउने आदेश दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, २२ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.