फाइल फाेटाे विराटनगर । मोरङको जहदा गाउँपालिका ७ का उमेश कामतको घरमा १ हजार ८८ किलो गाँजा बरामद भएको छ । २७ वर्षीय कामतको घरबाट बिहीबार १ हजार ८८ किलो गाँजा बरामद भएको हो ।
तस्करको समूहले पूर्वी पहाडी जिल्लाबाट ल्याएको गाँजा भारत निकासीका लागि कामतको घरमा भण्डारण गरी राखको अवस्थामा बरामद भएको प्रहरीले बताएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार कामतको घरमा भेटिएको ३४ पोका गाँजा तौल गर्दा १ हजार ८८ किलो भएको थियो ।
बिहीबार नै जहदा –५ का ३३ वर्षीय अरविन साहको घरबाट १४ किलो गाँजा बरामद गरेको छ । गाँजासहित दुवैजना पक्राउ परेका छन् । ‘गाँजा बरामद भएको स्थान नेपाल–भारत सीमानजिक पर्छ,’ जोशीले भने,‘घरमा भण्डारण गरेर राखिएको गाँजा भारततिर कटाउन लागिएको आशंका छ । थप अनुसन्धान भइरहेको छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)