कारागारबाट छुटेपछि शृङ्खलाबद्ध बम आतंक, दुई जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । शृङ्खलाबद्ध बम आतंक सृजना गर्ने झापाको दमक नगरपालिका–१ का ४७ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेल पक्राउ परेका छन् । गत पुस १६ गते सुनसरीको इटहरीमा नक्कली बम ‘होक्स’ राखेर आतंक सृजना गरेको आरोपमा प्रहरीले खरेललाई पक्राउ गरेकाे हाे । उनीसँगै इटहरी उपमहानगरपालिका–४ की ३६ वर्षीय लक्ष्मीदेवी थापा पनि पक्राउ परेकी छन् ।

गत पुस १६ गते इटहरी उपमहानगरपालिका अगाडी र सुनसरी र मोरङ जोड्ने बुढी खोला पुल र धरान इटहरी जोड्ने भोटेखोला पुलमा बम राखेको भन्दै प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई पठाएको सूचनामा मान्छे मार्ने उदेश्य नभई पुल भत्काउने उदेश्य रहेको सूचना दिएको थिए । प्रहरीले खोजी गर्दा इटहरी उपमहानगरपालिका अगाडि नक्कली बम होक्स फेला पर्यो । बुढी खोला र भोटे पुलमा केही फेला परेन । पुस १६ गते प्रहरीलाई बम राखेको खबर गरेर उनी भारत भागेका थिए ।

प्रहरीको रेकर्डमा खरेल पटके अपराधी हुन् । सृङ्खलावद्ध बम आतंकमा उनी संलग्न छन् । दुई पटक कारागार पनि बसेका थिए ।

बम काण्ड पक्राउ पर्नुअघि उनी झापा र सुनसरीमा दुई पटक करागार बसेका हुन् । पछिल्लो पटक उनी गत असोज १४ गते छुटेका थिए । कारागारबाट छुटेको तीन महिनापछि पुसमा आतंक सृजना गरेका उनी चैत २० गते पुन पक्राउ परेका हुन् । पुस १६ गतेको घटनापछि भारत पसेका खरेलले ह्वाटसप एप मार्फत प्रहरीलाई ३१ वटा जिल्लामा बम राख्ने धम्की दिएका थिए, त्यसपछि उनले संघीय संसद भवनमा ड्रोन खसाल्ने धम्की दिए ।

पटकपटक आतंक सृजना गर्न खोजेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले खरेललाई पक्राउ गरी सुनसरीको जिम्मा लगाएको प्रहरी स्रोतले बताएको छ । ‘यो मान्छे प्रविधिमा पोख्त छ, ह्वाटसपमार्फत पार्लामेन्टमा ड्रोन खसाल्छु,’ प्रहरी स्रोतले भन्यो,‘ पटक–पटक आतंक सृजना गर्ने यी पटके हुन् ।’

बुधबार पक्राउ परेका दुई जनाविरुद्ध बिहिबार पाँच दिन म्याद थप भएको इलाका प्रहरी कार्यालय इटहरीमा डिएसली लक्ष्मी भण्डारीले बताए । अनुसन्धानमा खटिएको प्रहरी स्रोतका अनुसार पछिल्लो पटक २०७८ चैत १४ इटहरी उपमहानगर– २ स्थित नवजागृति टोलमा बम विष्फोटको घटनामा खरेल संलग्न थिए । त्यसबेला बम विष्फोट भएको घरको डेरा हाल पक्राउ परेकी थापा थियो ।

सुतली बम बनाउने क्रममा विस्फोट हुँदा रविन थापा र लमजुङका शेरजङ गुरुङ घाइते भएका थिए । सो घटनामा प्रहरीले घाइते भएका दुईसहित लक्ष्मीदेवी थापा र सञ्जय भनिने खगेन्द्र खरेल पक्राउ गर्यो । २०७९ जेठ २० गते कारागार चलान भएका खरेल २०८१ असोज १४ गते कारागारबाट छुटेका थिए ।

खरेल कारागार चलान भएको घटना त्यो नै पहिलो भने होइन् । २०७६ वैशाखमा झापाको कनकाइ नदीको पुलमा खरेलकै समूहले बम राखेको थियो ।

त्यसबेला गोर्खा जनमुक्ति पार्टीको नाममा राखेको बम प्रहरीले डिष्पाज गर्यो । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले खरेलसहित पाँच जनालाई पक्राउ गरेको थियो । बम आतंक सृजना गरेको अभियोगमा पक्राउ परेका उनी २ वर्ष कारागार सजायपछि छुटेका थिए ।

प्रकाशित मिति: शुक्रबार, २२ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.