फाइल फाेटाे विराटनगर । पाँचथरको निजी वनमा लागेको डढेलोमा परी एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
पाँचथरको कुम्मायक गाउँपालिका– ३ मा रहेको निजी वनमा लागेको डढेलोमा परी घाँस दाउरा गर्न गएकी कुम्याक–३ हात्तीपोखरीकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको हो ।
आगोमा जलेर ६० वर्षीया निरमाया सम्वाहाम्फे, उनकी छोरी २८ वर्षीया सपना सम्वाहाम्फे, सपनाकी छोरी ११ वर्षीया शिवाना सम्वाहाम्फे गम्भीर घाइते भएका हुन् । मृतक युवती निरमायाको नातिनी हुन् ।
पाँचथर प्रहरी प्रमुख डीएसपी कौशलकुमार बुढाथोकीका अनुसार पहाडमा माथि घाँस दाउरा गरिरहेका बेला मुनीबाट आगलागी सुरु भएको थियो । भाग्ने ठाउँ नभेटेपछि आगोमा चार जना परेको उनले बताए ।
आगलागीमा परि चार जना गम्भीर घाइते भएका थिए । बिहीबार दिउँसो प्रहरीले उद्दार गरी उनीहरुलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको उनले बताए । धरानमा उपचारका क्रममा बिहीबार राति प्रतिमाको मृत्यु भएको हो । अन्य तीन जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
आगलागी भएको निजी वन सोही स्थानका अमर थापा र पदम खड्कालगायतको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)