फाइल फाेटाे विराटनगर । प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकामा रहेका दुई घरबाट ठूलो परिणाममा गाँजा बरामद गरेको छ । गाँजा भेटिएपछि दुई घरधनीलाई पनि पक्राउ गरेकाे छ ।
भारत निकासीका लागि घरमा लुकाएर राखेको अवस्थामा जहदा– ७ का मुसहरी टोलका २७ वर्षीय उमेश कामत र जहदा गाउँपालिका– ५ का ३३ वर्षीय अरबिन साहको घरमा गाँजा बरामद गरेको हो । दुवै घरबाट भारतीय सीमा नजिकै छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार कामतको घरमा प्लाष्टिकको बोरामा प्याक गरिएको अवस्थामा ३४ पोका गाँजा बरामद भएको छ । यो गाँजा तौल भएको छैन ।
साहको घरमा भने १४ किलो गाँजा बरामद भएको छ । प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)