सुनसरीबाट अपहरणमा परेकी बालिकाकाे उद्दार, एक जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको कोशी गाउँपालिका– ७ मुसहरी टोलबाट अपहरणमा परेकी ७ वर्षीय बालिकाको प्रहरीले सकुशल उद्दार गरेको छ । बुधबार दिउँसो करिब साढे १ बजे घर अगाडि खेलीरहेकी कुशेश्वर सदाकी ७ वर्षीया छोरी ईशु सदा अपहरणमा परेकी थिइन् ।

बिहीबार दिउँसाे प्रहरीले सप्तकाेशी नदीकाे सप्तरी खण्डबाट उद्दार गरेकाे हाे । अपहरणमा संलग्न भएकाे आराेपमा प्रहरीले सप्तरी कन्चनरुप नगरपालिका– १२ धरमपुरका ३१ वषीय जितुवा भन्ने जितेन्द्र साह (हलुवाई)लाई पक्राउ गरेकाे छ । उनले बालिकालाई लिएर जानुकाे कारण खुलेकाे छैन ।

बालिकाको खोजी गर्ने क्रममा बिहीबार दिउँसो सप्तकोशी नदीको पुलको ५६ नम्बर ढोकामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताए ।

बालिकालाई भारत तर्फ लगेको आशंकामा प्रहरीले भारतीय प्रहरीसँग पनि समन्वय गरेको थियो । खोजी गर्ने क्रममा बिहीबार दिउँसो सप्तकोशी पुलेको सप्तरी खण्डमा भेटिएपछि साहलाई पक्राउ गरी बालिकाको उद्दार गरेको डिएसपी खतिवडाले जानकारी दिए । उनका अनुसार साहले बालिकालाई किन लिएर गए भन्ने खुलेकाे छैन ।

कोशी गाउँपालिका– ७ का वडा अध्यक्ष लालदेव सदाका अनुसार बालिकालाई सिटी सफारीमा लिएर जाने व्यक्ती बेला बेला गाउँमा आँउथे । बुधबार घरमा कोही नभएको मौकामा बालिकालाई लिएर गएका थिए । उनका अनुसार साहले बालिकालाई बुधबार राजविराजमा राखेको देखिएकाे छ ।

प्रकाशित मिति: बिहिबार, २१ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.