काठमाडौं । आन्दोलनमा रहेका शिक्षकहरूलाई सरकारले वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो ।
‘शिक्षक समुदायसँग विगत झै फेरि पनि सान्दर्भिक छलफल गर्न र साँजा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार रहेकाले शिक्षा तथा करम्चारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौं,’ शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भनेका छन्, ‘ विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक छ।’
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन थालेका हुन् । यसअघि धर्ना र अनशनलगायतका कार्यक्रम गरेका शिक्षक माग सुनुवाइ नभएको भन्दै काठमाडौं केन्द्रित भएर सडकमा उत्रिएका हुन् ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदी भने वार्ताको औचित्य नरहेको बताउँछन् । पहिले पनि वार्ता भएको बताउँदै उनले पहिला ऐन जारी गर्न माग गरे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)