काठमाडौं । मेयर बालेन शाहको अवरोधकाबीच काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं हाजिर हुन कार्यालय पुगेका छन् । उनी आउने जानकारी पाएपछि मेयर शाहले नगर प्रहरी मार्फत उनको कार्यकक्षमा ताला लगाइदिएका छन् ।
नगर प्रहरीले उनलाई गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका छन् । उनको कार्यकक्षमा भने बिहीबार नै नगर प्रहरीले ताला लगाइदिएको हो ।
गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा थिए । उनीपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा आफूहरूले तलबसमेत नपाएको भन्दै कर्मचारीहरू आक्रोशित छन् । कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउने बताएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)