फाइल तस्विर धनुषा । चैती छठको मुख्य दिन आज (बिहीबार) अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छ । षष्ठी तिथिका दिन अस्ताउँदै सूर्यलाई अर्घ्य दिइन्छ ।
निराहार व्रत बस्ने व्रतालुले साँझ अस्ताउने क्रममा सूर्यलाई अर्घ्य दिने गर्छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सख्खरको खिर प्रसादस्वरुप खाएपछि निराहार व्रत बस्ने प्रचलन छ ।
व्रतालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन्। यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ।
श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँबस्ती भक्तिमय बनेका छन्। जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिएका छन् ।
व्रतालुले भोलि शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने छन् । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यसवर्षको वासन्ती छठ पर्व विधिवत् समापन हुनेछ।
मधेशको प्राचीन मिथिला क्षेत्रमा वर्षको २ पटक छठ मनाउने प्रचलन छ । कात्तिक शुक्लपक्ष चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय भनिन्छ। यसैगरी, चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती वा चैती छठ भनिन्छ।
दुवै छठमा सूर्यदेव र षष्ठीदेवी ९छठीदेवी० को उपासना एवं पूजाअर्चना गरिन्छ । दुवै छठका व्रतविधि उस्तै छन् । यो व्रतको प्रभावले मनोकांक्षा पूरा हुने जनविश्वास छ। निराहार व्रत बसेर छठ मनाउने गरिन्छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)