कोशी पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्रीले गर्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर। कोशी प्रदेशले मनाउने ‘कोशी पर्यटन वर्ष २०८२’ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । पर्यटन वन तथा वातावरण मन्त्रालयका अनुसार तेह्रथुमको तिनजुरे क्षेत्रमा चैत २७ गते पर्यटन वर्ष २०८२ उद्घाटन हुनेछ ।

मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार पर्यटन वर्षको मस्कट कोशी प्रदेशको हिमाली क्षेत्रमा पाइने हाब्रेलाई बनाइएको छ ।

कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ नारा तय भएको पर्यटन वर्षको लोगोमा कोशी टप्पुमामात्र पाइने अर्ना, सगरमाथा, पहाड, तराई, कोशी नदी र सुन्दर प्राकृतिक सम्पदा र राष्ट्रिय झण्डा राखिएको छ। लोगो र मस्कट बुधबार पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सार्वजनिक गरे ।

 कोशी प्रदेशको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र वराह क्षेत्र, हलेसी, पाथीभरा र रामधुनीको विषेश प्रवर्धन गर्ने तयारी छ । पर्यटन वर्षका लागि भारतसँगको चारमुख्य नाकामा पर्यटन सूचना केन्द्र स्थापना गर्ने तयारी छ ।

कोशी प्रदेशमा प्रमुख पर्यटकीय गन्तव्य १४ वटा छन् । नयाँ विकास गर्नुपर्ने पर्यटकीय क्षेत्र १६ वटा छन् । पर्यटन वर्षका आउने पर्यटकलाई सेवा दिन प्रदेशमा तारे स्तरका होटल १२ वटा, पर्यटकीयस्तरका होटल ३६ वटा छन् । अन्य साना होटल तथा होमस्टेहरु छन् ।

कोशी प्रदेशमा जम्मा १०५ वटा होमस्टे रहेको मन्त्रालयले तथ्याङ्क छ । ७१ वटा ट्राभल तथा ट्रेकिङ एजेन्सी, ८७ जना ट्रेकिङ गाइड, २८९ जना टुरगाइड छन् । ४ स्थानमा र्‍याफ्टिङ पनि पर्यटन वर्षमा प्रवर्धन गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, २० चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.