राप्रपा सांसद दीपक बोहराको निधन

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रतिनिधिसभा सदस्य सांसद दीपक बोहराको निधन भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।

उनी रुपन्देही क्षेत्र नम्बर– ३ बाट निर्वाचित सांसद हुन् । पोस्ट कोभिड समस्याले गर्दा उनी बोल्न नसक्ने अवस्थामा थिए । कोरोना संक्रमणको चार–पाँच महिनापछि बोहराको स्वरमा परिवर्तन आएको थियो । उपचारका लागि उनी भारतको दिल्ली हुँदै अमेरिकाको न्यूयोर्कसम्म पुगेका थिए ।

सांसद दीपक बोहराको शव आज भैरहवा लगिँदैछ. श्रद्धाञ्जलीका लागि उनकाे शव आज रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने छ । उनकाे शव भोलि बिहान काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ । भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।

प्रकाशित मिति: मङ्गलबार, १९ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.