प्रधानमन्त्री ओली थाइल्याण्ड जाँदै, माेदीसँगकाे वार्ताकाे सम्भावना कम

Satya Sanchar सत्य सञ्चार
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) जाँदैछन् । थाइल्याण्ड भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

याे सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र माेदी पनि सहभागी हुँदैछन् ।  ओलीले माेदीसँग भेटवार्ता गर्न खाेजेका थिए । तर त्याे सम्भावना कम छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मंगलबार दिउँसो १२ः ३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग भेट गरेर ओली थाइल्याण्ड जाने छन् ।

ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिने कार्यक्रम छ । बैंककमा रहँदा उनले शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओली २३ गते शनिबार स्वदेश फर्कने छन् ।

भ्रमणअघि ओलीले पूर्वप्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसहित शीर्ष नेतासँग छलफल गरेका थिए ।

प्रकाशित मिति: मङ्गलबार, १९ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.