काठमाडौं । पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् ।
आइतबार दिवंगत भएका नेकपा एस सम्वद्ध वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री ओली आलोकनगरस्थित नेकपा एसको कार्यालय पुगेका हुन् ।
उनले चैत १५ गते राजावादीले कार्यालयमा गरेको क्षतिको अवलोकन पनि गरे ।
प्रधानमन्त्री ओली पुग्दा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल, पूर्वएमाले नेता भीम रावललगायतका नेताहरू थिए । प्रधानमन्त्री ओलीले नेताहरुसँग केही समय भलाकुसारी पनि गरे ।
नेकपा एमालेबाट विभाजित भएर २०७८ भदौ २ गते नेकपा एस दर्ता भएको थियो । सुरुमा नेकपा एकिकृत समाजवादी पार्टीको अस्तित्व स्विकार गर्न नमानेका ओली लेखक कोइरालाको श्रद्धान्जलीका लागि पुगे ।ओलीको आलोकनगर प्रवेशसँगै दुई दलबीच सम्बन्ध सुधारको अपेक्षा गरिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)