काठमाडौं । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा तथा कम्युनिष्ट नेता कमल कोइरालाको निधन भएको छ । उनी पूर्वराजदूत एवं पत्रकार पनि हुन् । उनको ८७ वर्षको उमेरमा आइतबार साँझ निधन भएको हो ।
केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा निधन भएको परिवारले जनाएको छ ।
पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए । कोइरालाको परिवारका सबै नेपाली कांग्रेसको राजनीतिमा छन् । उनी मात्र कम्युनिस्ट र वामपन्थी विचारधारामा विश्वास राख्थे । उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गरे ।
पूर्वसांसदसमेत रहेका कोइरालाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)