काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले रमजानको समापनसँगै आज (सोमबार) ईद उल फित्र अर्थात ईद मनाउँदै छन् । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने पर्व आज मनाइन्छ । पर्वलाई प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाउने चलन छ ।
यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने प्रचलन छ । खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई ईद उल फित्र भनिएको मुस्लिम समुदायको भनाइ छ ।
अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईद उल फित्र मनाउने कार्यक्रम तय हुन्छ । रमजान महिनाभर सूर्योदयदेखि सूर्यास्तसम्म पानीसम्म पनि नपिई बसिने व्रत सकाउँदै एक अर्कामा खुसीयाली बाँडेर यो पर्व मनाउने गरिन्छ । ईदमा अल्लाहका नाममा विशेष नमाज पढ्ने परम्परा छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)