रवीन्द्र मिश्रसहित ४२ जनालाई पाँच दिन हिरासतमा राख्ने अनुमति

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । राजावादी समूहले शुक्रबार तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका ४२ जनालाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनामा संलग्न भएको आरोपमा पक्राउ रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरासहित परेका ४२ जनालाई पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको हो । उनीहरु मंगलबारसम्म थुनामा रहनेछन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले १० दिन थुनमा राख्न अनुमति मागेकोमा धवलशमशेर जबरा क्यान्सरको बिरामी भनी कागजात पेस भएको थियो भने रवीन्द्र मिश्रको हकमा प्रेसरको बिरामी भई इजलासमा फाइल पेस भएकाले अदालतले ५ दिनको अनुमति मात्रै भएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा संलग्न भएको आरोप लागेकाहरूलाई बेलुकी ५ बजेतिर जिल्ला अदालतमा पेस गरेको थियो ।

सामान्यतयाः प्रहरीले थुनामा रहेका व्यक्तिलाई इजलासमा पेस गरेपछि फाइल हेरेर थुनाको अनुमति दिने अभ्यास छ ।

जिल्ला अदालतले रविन्द्र र जबरालगायत ११ जनालाई राज्यविरुद्धको कसुर गरेको आरोपमा छ । ३१ जनालाई संगठीत रुपमा आपराधिक उपद्रव गरेको आरोप छ ।

प्रकाशित मिति: आइतबार, १७ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.