काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनापछि फरार रहेका दुर्गा प्रसाईंले प्रहरीसँग माफी मागेका छन् । उनी प्रहरीकाे खाेजी सूचीमा छन् । आइतबार भिडियाे सन्देश जारी गर्दै उनले आफूलाई मार्ने योजना बनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेको दाबी गरे । उनले प्रहरीसँग माफी पनि मागेका छन् ।
शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए । गाडी चलाउने क्रममा उनले अश्लील शब्द प्रयोग गरेका थिए । शुक्रबारको घटनामा दुई जनाको मृत्यु भएको थियो । सो घटनापछि प्रहरीले प्रसाईको खोजी गरेको थियो । आइतबार भिडियो सार्वजनिक गर्दै उनले भनेका छन्,‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ।’
‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हुँ । तपाईंहरूप्रति लक्षित दुष्मनी होइन । तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु,’ प्रसाईंले भने ।
उनले आफूजति प्रहरी र दिनदुखीलाई माया गर्ने मान्छे कोही नभएको पनि दाबी गरेका छन् ।
‘मेरो कानको छेवैबाट गोली गयो । मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास प्रहार भएपछि यस्तो भएको हो,’ प्रसाईंले भने,‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)