प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने,‘ भागेको छैन’

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनापछि फरार रहेका दुर्गा प्रसाईंले प्रहरीसँग माफी मागेका छन् । उनी प्रहरीकाे खाेजी सूचीमा छन् । आइतबार भिडियाे सन्देश जारी गर्दै उनले  आफूलाई मार्ने योजना बनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेको दाबी गरे । उनले प्रहरीसँग माफी पनि मागेका छन् ।

शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए । गाडी चलाउने क्रममा उनले अश्लील शब्द प्रयोग गरेका थिए । शुक्रबारको घटनामा दुई जनाको मृत्यु भएको थियो । सो घटनापछि प्रहरीले प्रसाईको खोजी गरेको थियो । आइतबार भिडियो सार्वजनिक गर्दै उनले भनेका छन्,‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ।’

‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हुँ । तपाईंहरूप्रति लक्षित दुष्मनी होइन । तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु,’ प्रसाईंले भने ।

उनले आफूजति प्रहरी र दिनदुखीलाई माया गर्ने मान्छे कोही नभएको पनि दाबी गरेका छन् ।

‘मेरो कानको छेवैबाट गोली गयो । मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास प्रहार भएपछि यस्तो भएको हो,’ प्रसाईंले भने,‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’

प्रकाशित मिति: आइतबार, १७ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.