काठमाडौं । काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न पूर्वराजा ज्ञानेन्द्र शाहले अस्वीकार गरेका छन् । शुक्रबार काठमाडाैंकाे तीनकुनेमा राजावादीकाे प्रदर्शन हुँदा दुई व्यक्तिकाे मृत्युसँगै आगजनी ताेडफाेड र लुटपाट भएकाे थियाे ।
शाहकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना काटेको थियो ।
पत्र लिएर आज निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई निर्मल निवासका कर्मचारीले फिर्ता पठाएका हुन् । ज्ञानेन्द्र शाहले पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
निर्मल निवासले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाडौं महानगरपालिकाले कानुनी प्रक्रियामा गएर भएपनि उठाउने उनले बताए । महानगरका कानुनी सल्लाहकार अधिवक्ता ओम प्रकाश अर्यालले पत्र बुझ्न नमाने पत्रीकामा सूचना निकाल्ने, हुलाक मार्फत चिठी पठाउन पनि सकिने बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)