जीवन विकासकाे विराटनगर शाखामा वित्तीय साक्षरता कार्यक्रम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको विराटनगर शाखाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जीवन विकासका शाखाले हरेक २–२ वर्षमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्छन् ।

शुक्रबार विराटनगर शाखाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै विराटनगर महानगरपालिका –३ का वडाध्यक्ष बासुबहादुर बस्नेतले जीवन विकासले विनाधितो सामुहिक जमानीका आधारमा ऋण लगानी गर्दा विपन्न नागरिकको जीवनस्तर उकास्न सहयोग पुगेको बताए । गाउँघरमा पुगेर सरकारले प्रवाह गर्न नसकेको सेवा जीवन विकासले प्रवाह गरिरहेको उनले बताए ।

विराटनगर महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेले जीवन विकासले गरिबी निवारणको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताए । ठूला बैकको पहुँचमा नरहेकालाई लघुवित्तले सहज रुपमा ऋण प्रवाह गरेको बताउँदै उनले लिएको ऋणको सहि सदुपयोग गर्न आग्रह गरे । एक मुष्ठ लिएको ऋणको सदुपयोग गरे सानोसानो किस्तामा चुक्ता गर्नका लागि समस्या नपर्ने उनले बताए ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले सहभागीहरुलाई सुनिश्चित भविष्यको लागि आजैदेखि बचत गर्न आग्रह गरे । सदस्यको प्रगतिका लागि जीवन विकासका कर्मचारी घर–घर पुगेर सेवा प्रवाह गरिरहेको बताउँदै उनले ऋणको सही सदुपयोग गराउन केन्द्र प्रमुख र उपप्रमुखको भूमिका महत्वपूर्ण हुने बताए । केन्द्र (सदस्यहरुको समुह) लाई ऋण लगानीको सिफारीस गर्ने अधिकार हुने बताउँदै उनले समुहको सिफारीसबाट पाएको ऋण सदुपयोग गरी लाखौं परिवारले आर्थिक प्रगति गरेको बताए । उनले जीवन विकासका सबै सेवाहरु उत्कृट र सदस्यमुखी भएकाले उपभोग गरी जीवनस्तर उकास्न आग्रह गरे ।

केन्द्र प्रमुख गोष्ठीको अवसरमा जीवन विकासको विराटनगर शाखाले पाँच अतिविपन्न परिवारका ७ जना बालबालिकाको अभिभावकत्व लिएको छ । अभिभावकत्व ग्रहण गरेका बालबालिकाको अध्ययनका लागि एक वर्ष जीवन विकासले शैक्षिक सामग्री उपलब्ध गराउनेछ ।

सोही क्रममा उत्कृष्ट बचतकर्ता बेलमाया विश्वकर्मा, रेनुदेवी साह, उर्मिला रायलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट ऋणी तर्फ उषा गुरुङ, रितादेवी यादव, बुनु यादव पुरस्कृत भए । लघुवित्तले उत्कृष्ट उद्यमी तर्फ राजीव साह, रञ्जुदेवी शर्मा, गीतादेवी साहलाई पुरस्कृत गरेको छ ।

केन्द्र तर्फ केन्द्र नम्बर ६३ हाम्रो जीवन विकास उत्कृष्ट घोषित हुँदै प्रथम पुरस्कार प्राप्त गरेको छ । केन्द्र नम्बर ४० सिङ्घिया जीवन विकासले दोस्रो पुरस्कार प्राप्त गर्यो । केन्द्र ६६ बरमपुरा जीवन विकास केन्द्रले तृतीय पुरस्कार प्राप्त गर्यो । केन्द्र नम्बर ३९ इक्राही जीवन विकास र केन्द्र नम्बर ११८ नेपाल जीवन विकास केन्द्रले सान्त्वना पुरस्कार प्राप्त गर्यो । सदस्य र केन्द्रलाई जीवन विकासका प्रमुख कार्यकारी अधिकृत मण्डल र तालिम विभाग प्रमुख रञ्जना निरौलाले पुरस्कार वितरण गरे ।

कार्यक्रमका सहभागी केन्द्र प्रमुख तथा उपप्रमुखलाई तालिम विभाग प्रमुख निरौलाले वित्तीय सचेतना सम्बन्धि प्रशिक्षण दिएकी थिइन् ।

प्रकाशित मिति: शुक्रबार, १५ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.