दिगो विकासका लागि जीवन विकास पुरस्कार प्रदान

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । जीवन विकास समाजले यो वर्षको ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार–२०८१’ प्रदान गरेको छ । शिक्षा क्षेत्रमा उत्कृष्ट काम गर्ने दुई विद्यालय र एक जना पत्रकारलाई ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार–२०८१’ प्रदान गरेको हो ।

विराटनगर महानगरपालिका–३ मा रहेको पोखरिया माध्यमिक विद्यालयले पाँच लाख रुपैयाँ राशीको ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार–२०८१’ प्राप्त गर्यो । पाेखरीया नेपालकै उत्कृष्ट मध्येकाे एक सामुदायिक विद्यालय हाे । प्राविधिक धारतर्फ अध्यापन हुने सिन्धुलीको कमलामाई नगरपालिकामा रहेको जनज्योति माध्यमिक विद्यालयलाई तीन लाख रुपैयाँ राशीको दोस्रो ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार–२०८१’ प्रदान गरियो ।

पत्रकारितातर्फ दुई लाख रुपैयाँ राशीको ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार–२०८१’ गोरखापत्र दैनिकमा कार्यरत पत्रकार प्रकृति अधिकारीलाई प्रदान गरियो ।

मंगलबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र जीवन विकास समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले संयुक्त रुपमा पुरस्कार प्रदान गरे ।

नेपालमा दिगो विकासका लक्ष्य अन्तरगतको गुणस्तरीय शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गरे बापत जीवन विकास समाजलाई द अरब गल्फ प्रोग्राम फर डेभलपमेन्टले तीन लाख अमेरिकी डलर बराबरको ‘एजीफण्ड अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरेको थियो । सो पुरस्कार राशीमा थप गरी ६ करोड बराबरको जीवन विकास समाज, दिगो विकास कोष २०७६ स्थापना भएकाे थियाे । कोषले शिक्षा क्षेत्रमा राष्ट्रिय स्तरको पुरस्कार प्रदान गर्छ ।

देशभरबाट सर्वोत्कृष्ट संस्था छनोट गरी पुरस्कार प्रदान गरिएको जीवन विकास समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य मण्डलले जानकारी दिए । शिक्षा क्षेत्रमा भइरहेका सकारात्मक कामलाई प्राेत्साहन गर्ने उदेश्यले पुरस्कार वितरण सुरु गरेकाे उनकाे भनाई छ ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले सबै नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने सरकारी लक्ष्य हाँसिल गर्नका लागि सरोकारवाला सबै क्षेत्रसँग सरकारले सहकार्य गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति: मङ्गलबार, १२ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.