पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगमा नेविसंघकाे ताला

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगकाे कार्यालयमा सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले ताला लगाएको छ । उपप्राध्यापक पदमा बढुवाका लागि विज्ञापन निकालेपछि नेविसंघले फागुन १७ गतेदेखि तालाबन्दी गरेको हो ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशप्रसाद दाहाल चैत २१ पछि अवकासमा जाँदेछन् । कार्यकालको अन्त्यमा उनले कर्मचारी र शिक्षक बढुवा गर्न खोजेका थिए । अधिकांश कर्मचारीको बढुवा भइसकेको छ । उपप्राध्यापक बढुवाका लागि फागुन १८ गते अन्तरवार्ताको मिति तोकिएको थियो । तर नेपाल विद्यार्थी संघले फागुन १७ गते नै तालाबन्दी गरेपछि प्रक्रिया रोकिएको हो ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अभिषेक भट्टराईका अनुसार नयाँ  नियमावली बनेपनि पुरानै नियमावली अनुसार बढुवा सूचना निकालेपछि ताला लगेको हो ।

पूर्वाञ्चल विश्वविद्यालय ऐन २०५० अनुसार सञ्चालन हुन्छ ।ऐनका आधारमा पूर्वाञ्चल विश्वविद्यालय नियमावली २०५३ जारी भएको छ । सोही नियमावलीको आधारमा पुविले शिक्षक छनौट तथा पदोन्नति प्रक्रिया एवं कार्यप्रणाली २०७३ जारी भएको छ । सोही कार्यप्रणाली अनुसार यसअघि आन्तरिक र खुल्ला प्रतियोगिता भएको थियो ।

२०७८ मा बसेको विश्वविद्यालयको ३५ औ सभाले विश्वविद्यालयको नियमावलीलाई संसोधन गरेको थियो । संशोधित नियमावली अनुरुप शिक्षक छनौट गर्नु पर्ने भएपनि सेवा आयोगले पुरानै पाँचौंं सभाले बनाएको नियमावलीका आधारमा प्रक्रिया अघि बढाएको विद्यार्थीको गुनासो छ । उपप्राध्यापक विज्ञापन गैरकानुनी भएकाले तालाबन्दी गरेको उनले जानकारी दिए ।

उनका अनुसार संसोधित नियमावलीमा उप– प्राध्यापक पद सबै विज्ञापन खुला गर्नुपर्ने उल्लेख छ । तर सेवा आयोगको विज्ञापनमा आन्तरिक प्रतियोगिता अन्तर्गत राखिएको छ,जुन कानुन सम्बत छैन,’ उनले भने । प्रक्रिया पुरा गरेर मात्रै नियुक्तीको प्रक्रिया अघि बढाउन उनले आग्रह गरे ।

प्रकाशित मिति: मङ्गलबार, १२ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.