‘ग्लोबल मनी वीक’मा जीवन विकासको विविध कार्यक्रम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विश्व वित्तीय सप्ताह (ग्लोबल मनी वीक २०२५) विभिन्न कार्यक्रम गरी मनाएको छ ।

“कसैको अनुसरण पूर्व सोचौं, भोलिका लागि विवेकपूर्ण वित्तीय निर्णय लियौ ” भन्ने मूल नाराका साथ मार्च १७–२३ सम्म मनाइएको १३ औं ग्लोबल मनी वीकमा युवा र विद्यार्थी लक्षित विभिन्न वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेको हो । युवाहरुमा वित्तीय सचेतना जगाउने उदेश्यले हरेक वर्ष ग्लोबल मनी वीक मनाउने चलन छ ।

जीवन विकासले विभिन्न जिल्लाका १७ वटा विद्यालयमा विद्यार्थीहरुलाई सहभागी गराई वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गरेको हो ।

चैत ५ गते श्री देउराली माध्यमिक विद्यालय धनकुटा र सुनसरीको बर्जु गाउँपालिका ५ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

चैत ६ गते इलामको बिब्ल्याँटेमा रहेको सिद्धेश्वर आधारभूत विद्यालय, सिन्धुलीको कमलामाई नगरपालिका– ९ मा रहेको ज्ञानज्योति माध्यमिक विद्यालय, सप्तरी कठौनाको बुद्धिलाल मुनर माध्यमिक विद्यालय र विष्णुपुर– १ को शारदा माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षक समक्ष वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सञ्चालन गरेको थियो ।

चैत ७ गते मकवानपुरको राष्ट्रिय आधारभूत विद्यालय, झापा भद्रपुरको सरस्वती माध्यमिक विद्यालय, चैत ८ गते उदयपुरको मुर्कुचीमा रहेको नमुना माध्यमिक विद्यालय, काभ्रेको रामेछाप नगरपालिका –९ मा रहेको भीमेश्वर आधारभूत विद्यालय, सिराहाको महादेवामा रहेको जनता माध्यमिक विद्यालय, महोत्तरीको सहिद विशाल माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हाे ।

चैत ९ गते धनुषाको जनकपुरमा रहेको मिथिला विहारी माध्यमिक विद्यालय, धनकुटाको जितपुरमा रहेको सूर्योदय माध्यमिक विद्यालय र चैत १० गते मोरङको बरडङ्गामा रहेको श्री माध्यमिक विद्यालय, कटहरीमा रहेको श्री आधारभूत विद्यालय र दादरबैरियामा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी माझ वित्तीय साक्षरता सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।

१७ वटा विद्यालयमा आयोजित कार्यक्रममा १ हजार भन्दा बढी विद्यार्थी तथा युवाहरु सहभागी भएका थिए ।
युवाहरूमा वित्तीय ज्ञान दिने उदेश्यले विद्यालय तहमा कार्यक्रम सञ्चालन गरेको जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले बताए । ‘ अहिले युवाहरुमा देखासिकी बढेको छ र अनावश्यक खर्च बढाएको छ । सामाजिक सञ्जालमा आएका कुराहरुको सोचविचार नगरी युवाहरु अनुशरण गर्छन र समस्यामा पर्छन । वित्तीय साक्षरताले विवेकपूर्ण निर्णय क्षमता बढाउछ,’ उनले भने,‘ विद्यालय तहबाटै बालबालिकाले बचत, खर्च र लगानी बारेमा सिक्नुपर्छ, आवश्यकता र चाहनालाई छुट्याउन सक्नुपर्छ । यसैको लागि हामीले विद्यालयमा विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेका हौं ।’

ग्लोवल मनी वीककै अवसरमा चैत ४ गते शाखा कार्यालय तेतरिया, ताप्ली, सिराहा, ववियाविर्ता, पथरी र मुडलीमा, चैत ५ गते शाखा कार्यालय कटहरीसँगै हडिया, चोहर्वा र टेढा, चैत ६ गते कर्सिया, धनगढी, घोरेटार, मुलघाट र कलैया शाखामा, चैत ७ गते ढल्केबर, रानी, भोजपुर, सिधुवा र कदमाहामा, चैत ८ गते छिरेश्वरनाथ, महेन्द्रनगर, लेगुवा, हिले र मटिगाडामा, चैत ९ गते डकाहा, बाहुनी, सिमरिया र आँखीसल्लामा र चैत १० गते दुधौली शाखामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

 

प्रकाशित मिति: मङ्गलबार, १२ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.