नेपालबाट बाहिरियाे न्यूनचापीय प्रणाली, आज माैसम सफा रहने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशैभरि आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने पूर्वानुमान छ । दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

बाँकी भूभागको मौसम सफा रहने पूर्वानुमान छ । सोमबार राति पनि दैशभरि आंशिक बदलीदेखि मुख्यतया सफा रहन पूर्वानुमान छ ।

आइतबारसम्म रहेको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ महाशाखाले जनाएको छ । ‘आइतबारसम्म पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव थियो । आजदेखि त्यो प्रणाली नेपालबाट हटेको छ,’मौसविद बिनु महर्जनले भनिन,‘अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ। वर्षा गराउने प्रणालीहरू विकसित भएका छैनन् ।’

प्रकाशित मिति: सोमबार, ११ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.