विराटनगर । प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्नु पर्ने माग राख्दै महाधिवेशन प्रतिनिधिले हस्ताक्षर संकलन सुरु गरेका छन् ।
नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको अध्यक्ष सर्वसम्मत रुपमा गणेश पाण्डेलाई बनाउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । पाण्डे वर्तमान उपाध्यक्ष हुन् । अर्का उपाध्यक्ष राजेश राई पनि अध्यक्षको दाबेदार हुन् ।
नेताहरुले निर्वाचन हुन नदिने बताएपछि आजबाट विराटनगरमा सुरु भएको १०औं राष्ट्रिय महाधिवेशन परिसरमा प्रतिनिधिले नयाँ नेतृत्वका लागि निर्वाचन माग्दै हस्ताक्षर संकलन गरेका हुन् ।
९औं महाधिवेशनमा राई र पाण्डे दुवै अध्यक्षको दाबेदार थिए । त्यसबेला गणेश बस्नेत नै दाहोरिएपछि राई र पाण्डे उपाध्यक्ष नै बसे । १०औं महाधिवेशनअघि पाण्डेलाई एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिवको जिम्मेवारी दिइएको थियो । पाण्डेलाई सचिवको जिम्मेवारी दिएपछि राई स्वभाविक अध्यक्षको एकल दाबेदार थिए । तर, फागुन २८ गते सचिवमा मनोनीत भएका पाण्डेले चौतारीको अध्यक्ष उठ्ने भन्दै चैत ८ गते सचिवबाट राजीनामा दिए ।
एमाले अध्यक्ष ओलीले पाण्डेलाई अध्यक्ष र चेतन अधिकारीलाई महासचिव बनाउन निर्देशन दिएको नेताहरु बताउँछन् ।
केन्द्रको निर्देशन चौतारीमा लाद्न खोजेको भन्दै प्रतिनिधिहरुले हस्ताक्षर अभियान संकलन गरेका हुन् । ‘निर्वाचन मागेर हस्ताक्षर अभियान सुरु गरेका छौं, प्रजातान्त्रिक अभ्यास गर्नुपर्छ, २०७३ सालदेखि निर्वाचन भएको छैन,ताप्लेजुङबाट सहभागी प्रतिनिधि राजेन्द्र श्रेष्ठले भने,‘चुनाव मार्फत नेतृत्व चयन गर्नुपर्छ भनेर हस्ताक्षर अभियान सुरु गरेका छौं ।’
महाधिवेशनका अर्का प्रतिनिधि किशोर बुढाथोकीले नेतृत्व छनोटमा प्रतिनिधिले आफ्नो मत राख्न पाउनुपर्ने बताए । केन्द्रको निर्देशन लाद्न खोजेपछि हस्ताक्षर अभियान सुरु गरेको उनले बताए ।
‘नेतृत्व छनोटका लागि लोकतान्त्रिक विधि र पद्धतिको प्रयोग हुनुपर्छ, नेताको गोजीबाट ल्याएर जिम्मेवारी दिन मिल्दैन,’ उनले भने ।
आजबाट सुरु महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)