काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उद्घाटन खेलमा शानदार जित निकालेको छ । शनिबार डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) लाई ७ विकेटले पराजित गरेको हो ।
इडेन गार्डन्स स्टेडियम, कोलकातामा भएको खेलमा आरसीबी ले १७५ रनको लक्ष्य १६।२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो। विराट कोहली ५९ रन बनाएर अविजित रहे । कप्तान रजत पाटीदारले १६ बलमा ३४ रन र फिल साल्टले ३१ बलमा ५६ रन बनाए । केकेआर का लागि वरुण चक्रवर्ती, वैभव अरोरा र सुनील नारायणले एक–एक विकेट लिए।
टस हारेपछि पहिले ब्याटिङ गरेको केकेआर ले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनायो । केकेआरका लागि कप्तान अजिंक्य रहाणेले ३१ बलमा ५६ रन बनाए । सुनील नारायणले २६ बलमा ४४ रन जोडे । आरसीबी का क्रुणाल पाण्ड्याले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । जोश हेजलवुडले २ विकेट हात पारे। यश दयाल, रसिक सलाम र सुयश शर्माले एक–एक विकेट लिए।
आईपीएल– २०२५ मा आज दुई खेल हुँदैछ । पहिलो खेल दिउँसो ३ः४५ बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच हैदराबादमा हुनेछ । दोस्रो खेल साँझ ७ः४५ मा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच चेन्नईमा हुनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)