बेलबारी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीका विष्ट निर्वाचित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । बेलबारी बहुमुखी क्याम्पस मोरङको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार कपिल विष्ट विजयी भएका छन् ।

नेकपा एमाले निकट अनेरास्ववियुका प्रशान्त पोखरेललाई ३४ मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् । बेलबारी क्याम्पसको स्ववियु नेतृत्वका लागि शनिबार मतदान भएको थियो । १९५ मतसहित विष्ट विजयी हुँदा पोखरेलले १६१ मत प्राप्त गरे ।

स्ववियुको सचिवमा अनेरास्ववियुका अर्जुन कोइराला विजयी भएका छन् । कोषाध्यक्षमा क्रान्तिकारीकै नवराज थापा निर्वाचित भएका छन् ।

बेलबारी क्याम्पसमा यसअघि नेपाल विद्यार्थी संघले जितेको थियो । आन्तरिक विवादका कारण यसपटक नेविसंघले उम्मेदवारी दिएन् ।

बेलबारी सँगै अखिल क्रान्तिकारीले मोरङमा जितेको स्ववियु संख्या ६ पुगेको छ ।

बेलबारी बहुमुखी क्याम्पसहित मोरङका ११ क्याम्पसमा निर्वाचन भएको थियो । क्रान्तिकारीले ३ आंगिकसहित ६ वटामा विजयी भएको हो । नेविसंघ ३ र अनेरास्ववियु २ क्याम्पसमा विजयी भएको छ ।

अखिल क्रान्तिकारीले आङ्गिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, स्नातकोत्तर क्याम्पस र विराटनगर नर्सिङ क्याम्पससहित कानेपोखरीको रमाइलो बहुमुखी क्याम्पस, बेलबारी क्याम्पस र मिक्लाजुङको मिक्लाजुङ क्याम्पसको स्ववियु जितेको थियो ।

अनेरास्ववियुले सुकुना बहुमुखी क्याम्पस र केराबारी बहुमुखी क्याम्पस सभापति जितेको थियो । नेविसंघले लेटाङ क्याम्पस, उर्लाबारी र पथरी क्याम्पसको स्ववियु सभापति नेविसंघले जितेको थियो ।

प्रकाशित मिति: शनिबार, ०९ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.