इलाममा मासुका लागि काटियो गाेठमा बाँधेकाे जिउँदो गोरुको फिला

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । इलाममा मासुका लागि जिउँदो गोरुको फिला काटेर लगेकाे घटना बाहिर आएको छ । इलामको सूर्योदय नगरपालिका ६ कन्याममा गोठमा बाँधिएको गोरुको फिला काटेको घटना बाहिर आएको हो ।

गोरुको एकापाटा फिलाको भाग काटिएको छ । हड्डीसम्म खुर्किएर करिब चार किलो मासु निकालेर लगेको स्थानिय संचारकर्मी गोपाल गिरी जानकारी गराएका छन् ।

गोरु स्थानिय राम राईले पालेका हुन् । साेही गोरुको यसअघि पनि फिला काटेर लगिएको थियो । घरेलु उपचारपछि निको हुँदै गएको थियो । तर, फेरि फिलाको मासु काटेका कारण गाेरु मरेकाे छ । गोरु धनी राई बिहान गोठमा जाँदा गोरु मरिसकेको थियो ।

यसअघि पनि उनको गोठकाे अर्काे गोरुको फिला पनि काटिएको थियो ।

आफ्नो गोठमा बाँधिएको गोरुको फिला काट्ने क्रम नरोकिएपछि राईले स्थानीय जनप्रतिनिधि, प्रहरीलाई बोलाएर कारबाहीको लागि अनुरोध गरेका थिए ।

प्रकाशित मिति: शनिबार, ०९ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.