विराटनगर। काेशी प्रदेश सरकारले कडा खालकाे रोग लागेका दुई हजार ५ सय बढी विरामीलाई आर्थिक सहायता प्रदान गर्ने भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले कडा रोग लागेका २ हजार ५ सय ५६ जनालाई १३ करोड २८ लाख २५ हजार ४३६ रुपैयाँ उपचार सहायता प्रदान गर्ने भएकाे हाे ।
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईका अनुसार मृगौला प्रत्यारोपण गराउनेको हकमा एक लाख र अन्य कडा खालका रोगको उपचारका लागि ५० हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरिनेछ । याे रकम सरकारले विरामीकाे बैंक खातामा पठाउनेछ ।
आर्थिक सहायताका लागि दुई वर्षयता २ हजार ५ सय ५६ बढी निवेदन परेको थियो । बजेट अभाव भएको भन्दै चालु आर्थिक वर्षमा भने नयाँ निवेदन दर्ता भएको छैन । उपचार सहायताका लागि निवेदन दर्ता भएकाहरुलाई आजबाट सहायता उपलब्ध गराउन सुरु गरेको उनले बताए ।
कार्यविधीमा मृगौला प्रत्यारोपण गर्नेलाई २ लाख र अन्य कडा खालका रोग लागेकाहरुलाई एक लाखका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो । तर बजेट अभावमा सरकारले आधा मात्रै बाड्ने निर्णय गरेको उनले बताए ।
यसअघि प्रदेश सरकारले कडा रोग लागेका विपन्न नागरिकहरुलाई औषधि उपचार बापत आर्थिक सहायता प्रदान गर्नका लागि पाँच करोड बजेट विनियोजन गरेको थियो ।
मन्त्री राईका अनुसार प्रकृया पुरा गरेर आएका क्यान्सर रोगको उपचारका लागि १ हजार ५०७ जना, मृगौला रोग लागेका ५३६ जना, मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने ८५ जना, मुटुरोग लागेका ३३१, कलेजो रोगका १५ थालासिमियाका ३ पार्किन्सनका ७ फोक्सोको १ स्पाइनलईन्जुरी ४१, हेड इन्जुरी २९ र मस्तिष्कघात भएका १ जनाले उपचार सहायता रकम प्राप्त गर्ने छन्। यो रकम मन्त्रालयले बिरामीको खातामा पठाउँनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)