स्कुल बस नहरमा खस्याे, १४ जना विद्यार्थी घाइते

Satya Sanchar सत्य सञ्चार

इटहरी । सुनसरीमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन् । बिहीबार दिउँसो साढे ४ बजे सुनसरी गढी गाउँपालिका– ४ मा रहेको शोभा जेनियल इङलिस स्कुलको ग १प १३८१ नम्बरको बस छिटाहास्थित चिमडी औरावनी भित्री सडक खण्डमा नहरमा खसेको थियो ।

विद्यार्थीलाई घर पुर्याउन गएको बस दुर्घटना हुँदा १४ जना विद्यार्थी सामान्य घाइते भएका हुन् । घाइते सबै बर्जु गाउँपालिका– ६ का हुन् ।

तिब्र गतिका कारण दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बसमा ३५ विद्यार्थी सवार थिए ।

घाइतेकाे विवरण

१, वर्ष ९ की राधिका उराव
२,वर्ष ४ की सृष्टि साह
३, वर्ष ५ की हृष्टि उराव
४,वर्ष ११ की निशा उराव
५, वर्ष ११ का आकाश साह
६,वर्ष ९ की राधिका उराव
७,वर्ष ९ की राधिका मण्डल
८, वर्ष ८ को एसन साफी
९,वर्ष ९ को आसिफ साफी
१०,वर्ष ५ को आफताव साफी
११, वर्ष ८ की इसिका कुमारी राजभार
१२, वर्ष ९ की रोशनी राजभार
१३,वर्ष ८ को डम्बर राम
१४,वर्ष ९ की काव्य उराव

प्रकाशित मिति: शुक्रबार, ०८ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.