विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा विजयी भएका अखिल क्रान्तिकारी उम्मेदवार रोहित यादवलाई फोन गरेर बधाई दिएका छन् । बिहीबार उनले महेन्द्र मोरङमा चुनाव जितेर नयाँ इतिहास बनाएकाे भन्दै बधाई दिएका हुन् ।
प्रचण्डसँगको टेलिफोन सम्वादमा रोहितले प्रचण्डले महेन्द्र मोरङमा प्रवेश गरेकै दिन आफूलाई जितको महसुस भएको बताएका थिए । हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा प्रचण्ड फागुन १४ गते महेन्द्र माेरङमा पनि पुगेका थिए । ‘महेन्द्र माेरङकाे अध्यक्ष जित्ने भनेकाे एउटा इतिहास बन्याे,’ उनले भनेका छन्,’देशभरि एउटा निकै राम्राे सन्देश गइसक्याे, अब हामी भाेलि धेरै राम्राे गर्न सक्छाै ।’
अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादव अखिल क्रान्तिकारीले महेन्द्र माेरङसँगै माेरङ जिल्लामै नयाँ इतिहास रचेकाे बताउँछन् । उनी क्रान्तिकारीबाट माेरङमा खटिएका चुनावी कमाण्डर हुन् । ‘महेन्द्र माेरङमा हामीले एउटा इतिहास रच्याैं,’ उनले भने,’ जिल्लामा पनि इतिहास बन्याे ।’
त्रिभुवन विश्वविद्यालयकाे तीन आङ्गिक क्याम्पससहित माेरङमा १० वटा क्याम्पसमा स्ववियु निर्वाचन भएकाे थियाे । जसमा तीन आङ्गिक क्याम्पससहित ५ वटा क्याम्पसकाे स्ववियु सभापति अखिल क्रान्तिकारीले जितेकाे थियाे । नेपाल विद्यार्थी संघले ३ र अनेरास्ववियुले २ वटा स्ववियु सभापति जितेकाे थियाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)