विराटनगर । विराटनगर महानगरपालिका– २ दुर्गा चोकमा खुकुरी प्रहार गरेर भाग्दै गरेका सक्षम सापकोटा पक्राउ परेका छन् ।
आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका सापकोटा नेपाल–भारत सीमा क्षेत्रनजिक पक्राउ परेका हुन् ।
बिहीबार राति करिब साढे ८ बजे विराटनगर–२ का अन्दाजी २८ वर्षीय सापकोटाले विराटनगर–१ का ५७ वर्षीय रमेश गुप्तालाई खुकुरी प्रहार गरेका थिए ।
मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका घटना पछि फरार रहेका सापकोटा पक्राउ परेका हुन् ।
खुकुरी प्रहारबाट घाँटीमा चोट लागेका घाइतेलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा आपसी विवादमा धारिलो हतियार प्रहार गरेको देखिएको प्रहरीको भनाइ छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)