विराटनगरको दुर्गा चोकमा खुकुरी प्रहार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका– २ दुर्गा चोकमा बिहीबार राति खुकुरी प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन् । मोरङ प्रहरीका अनुसार दुर्गा चोकमा राति साढे ८ बजे खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट अन्दाजी ५५ वर्षीय रमेश गुप्ता घाइते भएका हुन् । उनको घाँटीमा गम्भीर चोट छ । उनलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार स्थानीय अन्दाजी २८ वर्षीय सक्षम सापकोटाले धारिलो हतियार प्रहार गरेका हुन् । राय र सापकोटा चिनजानका व्यक्ति हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटा लागूऔषध प्रयोगकर्ता रहेको खुलेको उनले बताए । खुकुरी प्रहारकाे कारण खुलेकाे छैन ।

घर अगाडि खुकुरी प्रहार गरेर सापकोटा भान्सा कोठामा  पसेका थिए । प्रहरीले ढाेका फाेडेर हेर्दा उनी भान्सा कोठाकै अर्को ढोकाबाट निस्किएर फरार भइसकेका थिए । फरार रहेका सापकाेटाकाे खाेजी भइरहेकाे जाेशीले जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, ०७ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.