विराटनगरको दुर्गा चोकमा खुकुरी प्रहार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका– २ दुर्गा चोकमा बिहीबार राति खुकुरी प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन् । मोरङ प्रहरीका अनुसार दुर्गा चोकमा राति साढे ८ बजे खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट अन्दाजी ५५ वर्षीय रमेश गुप्ता घाइते भएका हुन् । उनको घाँटीमा गम्भीर चोट छ । उनलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार स्थानीय अन्दाजी २८ वर्षीय सक्षम सापकोटाले धारिलो हतियार प्रहार गरेका हुन् । राय र सापकोटा चिनजानका व्यक्ति हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटा लागूऔषध प्रयोगकर्ता रहेको खुलेको उनले बताए । खुकुरी प्रहारकाे कारण खुलेकाे छैन ।

घर अगाडि खुकुरी प्रहार गरेर सापकोटा भान्सा कोठामा  पसेका थिए । प्रहरीले ढाेका फाेडेर हेर्दा उनी भान्सा कोठाकै अर्को ढोकाबाट निस्किएर फरार भइसकेका थिए । फरार रहेका सापकाेटाकाे खाेजी भइरहेकाे जाेशीले जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, ०७ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.