विराटनगरमा ढाका महोत्सव सुरु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा ढाका महोत्सव सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको महिला उद्यम समितिको आयोजनामा आजबाट ढाका महोत्सव सुरु भएको हो ।

‘नेपाली भेषभुषा हाम्रो बोली, ढाकाको सारी ढाकाकै चोली’ भन्ने मूल नारासहित स्वदेशी उत्पादनको प्रवर्धन गर्नका लागि ढाका महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवको उद्‌घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम बनाएर आगामी आर्थिक वर्ष २०८२/ २०८३ को बजेटमार्फत प्रदेशमा भएका ढाका उद्योगलाई अघि बढाउने बताए ।

प्रदेश सरकारले ढाका महोत्सवलाई सधैँ साथ र सहयोग दिन तयार रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रत्येक वर्ष ढाका महोत्सवलाई निरन्तरता दिने बताए । नेपालसहित अन्तर्राष्ट्रिय बजार उपलब्ध गराएर स्थापित गराउने उद्देश्यका साथ ढाका महोत्सवको आयोजना गरिएको राउतले बताए । ढाका महोत्सवमा १४ जिल्लाको २६ वटा स्टल रहेको छ ।

प्रकाशित मिति: बिहिबार, ०७ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.