विराटनगरमा ढाका महोत्सव सुरु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा ढाका महोत्सव सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको महिला उद्यम समितिको आयोजनामा आजबाट ढाका महोत्सव सुरु भएको हो ।

‘नेपाली भेषभुषा हाम्रो बोली, ढाकाको सारी ढाकाकै चोली’ भन्ने मूल नारासहित स्वदेशी उत्पादनको प्रवर्धन गर्नका लागि ढाका महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवको उद्‌घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम बनाएर आगामी आर्थिक वर्ष २०८२/ २०८३ को बजेटमार्फत प्रदेशमा भएका ढाका उद्योगलाई अघि बढाउने बताए ।

प्रदेश सरकारले ढाका महोत्सवलाई सधैँ साथ र सहयोग दिन तयार रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रत्येक वर्ष ढाका महोत्सवलाई निरन्तरता दिने बताए । नेपालसहित अन्तर्राष्ट्रिय बजार उपलब्ध गराएर स्थापित गराउने उद्देश्यका साथ ढाका महोत्सवको आयोजना गरिएको राउतले बताए । ढाका महोत्सवमा १४ जिल्लाको २६ वटा स्टल रहेको छ ।

प्रकाशित मिति: बिहिबार, ०७ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.