विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार रोहित यादव विजयी भएका छन् ।
उनले १ हजार १ सय १८ मत प्राप्त गरे । नेविसंघका प्रज्वलजंग विष्टले १ हजार ७५ मतसहित दोस्रो भएका छन् । उनीहरुबीचको मतान्तर ४३ मत छ । एमाले अनेरास्ववियुका अनिश बोगटीले २ सय ३२ मतसहित तेस्रो भए ।
सचिवमा नेविसंघका सुदिक्षा थापा मगरले ७ सय ४१ मतसहित विजयी भइन् ।
कोषाध्यक्षमा नेविसंघका रोशनकुमार पासवानले ६६ मतको अन्तरले विजयी भए । पासवानले ८ सय ९३ मत हासिल गरिरहँदा प्रतिस्पर्धी अखिल क्रान्तिकारीका राजिव यादवले ८ सय २७ मत पाए । एमालेतर्फबाट अनेरास्ववियुका मन्दिप पोखरेलले ५ सय ८१ मत पाएका छन् ।
मंगलबार भएको निर्वाचनमा ५ हजार ९ सय ८४ मतमध्ये २ हजार ६ सय ३१ मत खसेको थियो । महेन्द्र मोरङसँगै अखिल क्रान्तिकारीले विराटनगरको तीनवटा आंगिक क्याम्पसको स्ववियु जितेको छ । डिग्री क्याम्पस विराटनगरमा प्रितम साह र विराटनगर नर्सिङ क्याम्पसमा रोहित ताजपुरिया विजयी थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)