बुबाले तीन पटक जितेको क्याम्पसमा छोराले पनि जिते स्ववियु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एलिस ओझा निर्वाचित भएका छन् । उनी एमाले मोरङका नेता तथा पूर्वसांसद राजकुमार ओझाको छोरा हुन् ।

एलिसले स्ववियु जितेको क्याम्पसमा राजकुमार तीन कार्यकाल लगातार सभापति निर्वाचित भएका थिए । एलिसले २९९ मतान्तरका साथ नेविसंघका विजय ओझालाई पराजित गरेका हुन् ।

एलिसले ९८५ मत प्राप्त गरे । विजयले ६८६ मत प्राप्त गरेका थिए । कोषाध्यक्षबाहेक सबै पदमा अनेरास्ववियुका उमेदवार निर्वाचित भए । कोषाध्यक्षमा नेविसंघकी सविना थापा निर्वाचित विजयी बनेकी छन् ।

२०४९ मा उनका बुबा राजकुमार स्ववियुका उपसभापति थिए । २०५१, २०५३ राजकुमार स्ववियु सभापतिमा निर्वाचित भएका थिए । राजकुमार २०७४ मा कोशी प्रदेश सभा सदस्य बनेका थिए । एमालेको १० औं जिल्ला अधिवेशनमा उनी विनोद ढकाल समूहका उम्मेदवार अजम्बर राईसँग पराजित भएका थिए ।

प्रकाशित मिति: बुधबार, ०६ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.