मोरङको चार क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको चार क्याम्पसकाे स्ववियु सभापति नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले जितेकाे छ । माेरङमा त्रिभुवन विश्वविद्यालय अन्तरगतका ८ वटा क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा अखिल क्रान्तिकारीले चार वटा क्याम्पसको स्ववियु जितेको हो । अनेरास्ववियु र नेविसंघले २–२ वटा क्याम्पसकाे सभापति जितेकाे छ ।

अंगीक क्याम्पसमध्ये विराटनगरको डिग्री क्याम्पसमा र विराटनगर नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ । डिग्री क्याम्पसमा क्रान्तिकारीका प्रीतम साहको प्यानलै निर्वाचित भएको छ । नर्सिङ क्याम्पसको सभापतिमा पनि अखिल क्रान्तिकारीका रोहित ताजपुरिया निर्वाचित भएका छन् ।

कानेपोखरीस्थित रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की निर्वाचित भए । मोरङको मिक्लाजुङ क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका सुजन घिमिरे निर्वाचित भए ।

केरावारीको खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका सङ्गम कन्दङ्वा विजयी भए । सुन्दरहरैचाको सुकुना बहुमुखी क्याम्पसमा अनेरास्ववियुका एलिस ओझा विजयी भए ।

पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका केशर राई र उर्लाबारी बहुमुखी क्याम्पस मोरङ्गको स्ववियु अध्यक्षमा नेविसंघका उम्मेदवार पोषण आचार्य निर्वाचित भए । महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा मतगणना जारी छ ।

प्रकाशित मिति: बुधबार, ०६ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.