कटहरीमा जीवन विकासको वित्तीय साक्षरता कार्यक्रम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको कटहरी शाखाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व नगद सप्ताह (ग्लोबल मनी वीक २०२५) को अवसर पारेर मंगलबार कार्यक्रम आयोजना गरेको हो ।

३१ जिल्लामा १६० वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासका शाखाले हरेक २–२ वर्षमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्छन् ।

कार्यक्रमको उदघाटन शत्रमा बोल्दै कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले जीवन विकासले धेरै क्षेत्रमा उत्कृष्ट काम गरिरहेको बताए । लघुवित्तबाट निश्चित कामका लागि सदस्यले लिएको ऋणको सही सदुपयोग गर्नुपर्ने बताउँदै उनले उत्पादनमूलक क्षेत्रमा काम गर्न आग्रह गरे । जीवन विकासले शिक्षा, वातावरण संरक्षण र रोजगारी सिर्जनाको क्षेत्रमा राम्रो काम गरिरहेको उनको भनाई छ ।

कटहरी गाउँपालिका उपाध्यक्ष सीता राजवंशीले जीवन विकासको सहयोगमा धेरै परिवारले आर्थिक प्रगति गरेको बताइन् । संस्थाबाट लिएको ऋणलाई सही काममा लगाउन आग्रह गर्दै उनल ऋणको सही सदुपयोग गरे किस्ता तिर्न समस्या नपर्ने बताइन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले लघुवित्तले प्रवाह गर्ने सेवा सुविधालाई सही ढंगबाट उपभोग गर्न आग्रह गरे । केन्द्र (सदस्यहरुको समुह) लाई आर्थिक कारोबार गर्ने अधिकार रहेको बताउँदै उनले सदस्यहरुलाई ऋणको सदुपयोग गराउन केन्द्र प्रमुख र उपप्रमुखको भूमिका महत्वपूर्ण हुने बताए ।

श्री आधारभूत विद्यालय कटहरीका प्रधानाध्यापक बलबहादुर बस्नेत, कटहरी वडा नम्बर १ का वडाध्यक्ष हरि राजवंशीलगायतले जीवन विकासले नागरिकको आर्थिक तथा सामाजिक अवस्था उकास्नका लागि महत्वपूर्ण योगदान गरिरहेको बताएका थिए ।

केन्द्र प्रमुख गोष्ठीको अवसरमा जीवन विकासको कटहरी शाखाले ५ अतिविपन्न परिवारका ७ जना बालबालिकाको अभिभावकत्व लिएको छ । अभिभावकत्व ग्रहण गरेका बालबालिकाको अध्ययनका लागि हरेक वर्ष शैक्षिक सामग्री शाखाले उपलब्ध गराउने छ ।

सोही क्रममा उत्कृष्ट बचतकर्ता शकुन्तला दाहाल, शकुन्तला निरौला तथा राधीदेवी गनगाई र उत्कृट अधिकृत टेलर सदस्य संगीतादेवी शाह सोनारलाई पुरस्कृत गरेको थियो । त्यस्तै उत्कृष्ट ऋणी खुस्बु खातुन, सुशीला माझी र पदमाकुमारी मण्डललाई पनि पुरस्कृत गरेको छ । उत्कृष्ट उद्यमीको पुरस्कार उर्मिला साह, लक्ष्मी सिंह र तुलसा जातावालाले पाएकी छन् ।

कार्यक्रममा जीवन विकासको केन्द्र नम्बर ४१ सन्तोषी जीवन विकास उत्कृष्ट केन्द्र घोषित हुँदै प्रथम पुरस्कार प्राप्त गरेको छ । केन्द्र नम्बर ५७ को गौरी जीवन विकास केन्द्र दोस्रो, केन्द्र नम्बर ४२ नयाँ सरस्वती जीवन विकास केन्द्र तेस्रो भए । मुडियारी जीवन विकास केन्द्र र सरस्वती जीवन विकास केन्द्रले सान्त्वना पुरस्कार प्राप्त गरे ।

उत्कृष्ट बचत कर्ता, ऋणी, उद्यमी र केन्द्रलाई जीवन विकासका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल र तालिम विभाग प्रमुख रञ्जना निरौलाले पुरस्कार प्रदान गरे । कार्यक्रममा उपस्थित केन्द्र प्रमुख तथा उपप्रमुखलाई निरौलाले वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण दिएकी थिइन् ।

प्रकाशित मिति: मङ्गलबार, ०५ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.